नेत्रावती डबजोङमा नेकपाको बृहत् भेला: २५५ सदस्यीय समिति निर्माण

धादिङ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा )धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको चौतारा सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरि आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त भेलाबाट पार्टीका नेता शङ्कर अधिकारीको संयोजकत्वमा २ सय ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । जसमा आर्थिक उपसमिति, प्रचारप्रसार , यातायात, युवा परिचालन , बुथ अनुगमन , जवस परिचालन,कर्मचारी समन्वय समिति, मतदाता शिक्षा तथा प्रशिक्षण लगायतको उपसमिति रहने छ ।

उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा केन्द्रिय नेता, जिल्ला संयोजक लगायतको नेताहरूको उपस्थिति रहेको थियोे । कार्यक्रममा सहभागी नेताहरूले ब्यवस्थाको रक्षा, जनताको अवस्थाको परिवर्तन गर्न तारामा मतदान गर्न गाउँपालिका बासीमा अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्नुहुँदै तारा चिन्हका उम्मेदवार राम बहादुर भण्डारीले नेत्रावती डबजोङ गाउँपालिकाको पर्यटन कृषि स्वास्थ शिक्षा रोजगार लगायत बिकास निर्माणमा पहिलो कित्तामा उभिएर काम गर्ने प्रतिबद्वता जनाउनु भयो।

आफ्नो जीवनको त्याग बलिदानलाई स्मरण गर्दै उम्मेदवार भण्डारीले भने- मेरो जीवनको पहिलो र अन्तिम यो निर्वाचन हो, मलाई निस्वार्थ रुपमा आम जनताले भोट दिनुहुन्छ भन्ने मैले बिश्वास लिएको छु,जसरी मैले कुनै पार्टी जाति धर्म नभनी सहयोग गरेको छ, त्यसको मुल्यांकन सबै पार्टीमा आस्था राख्ने जनताले मत मार्फत कदर गर्नेछ” ।

राम बहादुर भण्डारीलाई एक भोट दिनु न्याय हुने सहभागी स्थानीयहरुले बताएका छन् । उक्त कार्यक्रमकै अवसरमा विभिन्न पार्टी परित्याग गरि पर्शुराम कार्की, प्रदिप मगर, भक्त बहादुर अधिकारी लगायतका २० जनाको संख्यामा प्रवेश समेत गरेको छ ।

धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा यसपटकको निर्वाचन विशेष चासो र उत्साहका साथ हेरिएको छ । जसमा तारा चुनाव लिएर ज्युदा सहिदको उपनामले चिनेने राम बहादुर भण्डारी उम्मेदवार बने संगै आम जनसमर्थन उत्साह जागेको देखिन्छ ।