धादिङ । नेपाली कम्युनिस्ट पार्टी बेनिघाट–रोराङ गाउँपालिका कमिटीले आयोजना गरेको एकता सन्देश कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कम्रेड खेमराज भुजेलले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल रहेका थिए। विशेष अतिथिमा गाउँपालिकाका अध्यक्ष कम्रेड कृष्णबहादुर थपलिया (बिवेक) तथा उपप्रमुख कम्रेड टापबहादुर श्रेष्ठ सहभागी थिए।
कार्यक्रममा स्थानीय पार्टीका संस्थापक तथा अभिभावक नेताहरू—ढुन्डराज सिलवाल, नेत्रप्रसाद सिलवाल, टंकप्रसाद थापा, चन्द्रबहादुर सिलवाल, पुष्पति थपलिया, ध्रुवबहादुर रुवाली, बासुदेव कडेल, हेमराज भुजेललगायतले संगठनात्मक एकता र पार्टी सुदृढीकरणका विषयमा आफ्ना धारणा राखेका थिए।
नेताहरूले संगठनलाई थप सबल बनाउने, आन्तरिक सहकार्य बढाउने र जनतामुखी गतिविधिलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गाउँपालिका कमिटीका अनुसार विचार आदान–प्रदान र नेतृत्वका सन्देशसहितको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।






