धादिङ । बिलिभर्स इष्टर्न चर्च जिल्ला परिषदको आयोजनामा, समाजसेवी मनका धनी कमल कुमार जमकटेल र गणेश प्रसाद रिजालको सहयोगमा रुबिभ्याली–५ नेबेरस्थित श्री नेबेर आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरूलाई विद्यालय ब्याग वितरण गरिएको छ।

सो अवसरमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई समेत आवश्यक सामग्री प्रदान गरिएको थियो। सहयोगी दाताहरूले शिक्षाका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउँदै विद्यार्थीहरूलाई थप प्रोत्साहित हुने विश्वास व्यक्त गरिएको छ।








