मानव अधिकार संगठन धादिङको पुनः सभापतिमा अधिवक्ता कृष्णराज अधिकारी

धादिङ । नेपाल मानव अधिकार संगठन धादिङको चौथो जिल्ला अधिवेशन नीलकण्ठ नगरपालिका–८ ससाहमा सम्पन्न भएको छ। अधिवेशनले अधिवक्ता कृष्णराज अधिकारीलाई पुनः सभापतिमा चयन गर्दै नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रमसँगै अधिवेशन सम्पन्न गरिएको हो।
नव–निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:

सभापति: कृष्णराज अधिकारी

उपसभापति: कृष्ण बद्री पौडेल

कोषाध्यक्ष: बालकृष्ण नेपाली

सचिव: ईश्वर थापा मगर

सदस्यहरू: बद्री अधिकारी, पदमराज अधिकारी, शुशिला बी.के., बिनु सिम्खडा, बिमल तामाङ

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष तथा INSEC प्रतिनिधि सिताराम अधिकारीले मानव अधिकार गर्भावस्थादेखि मृत्यु पछिसम्म प्राप्त हुने आधारभूत अधिकार भएको उल्लेख गर्दै, “आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहोस्” भन्नेमा जोड दिए।

त्यसैगरी जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले राज्यले मानव अधिकारको संरक्षण तथा अन्तर्राष्ट्रिय सन्धी–महासन्धिअनुसारका दायित्व पूरा गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा पत्रकार महासंघ धादिङका सचिव सन्तोषराज श्रेष्ठ, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, रेडियो बिहानीका स्टेशन म्यानेजर नीर तामाङ, नीलकण्ठ एफएमका बद्री अधिकारीलगायत वक्ताले मानव अधिकार संरक्षण, संवर्धन र व्यवहारिक कार्यान्वयनबारे आफ्ना धारणा राखे।

अधिवेशनमा मानव अधिकार सम्बन्धी समसामयिक चुनौती, स्थानीय सरकारको भूमिका तथा समुदायस्तरमा अधिकार संरक्षणका उपायहरूबारे विस्तृत छलफल गरिएको बताइएको छ।