पर्यटन ब्यबसायी पल गुरुङ द्वारा कन्यादेवी आधारभूत विद्यालयलाई विविध सहयोग प्रदान

धादिङ । सफल पर्यटन व्यवसायी तथा समाजसेवी Discovery World Trekking का संचालक पल गुरुङ द्वारा उत्तरी धादिङको रुवीभ्याली ४ चालिस स्थित श्री कन्यादेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा सेट, टोपी, स्टेशनरी सामग्री तथा सिकाइ उपलब्धि वृद्धि गर्न आर्थिक सहयोग समेत प्रदान गरेका छन्।

विद्यालयका प्र.अ. प्रेम बिस्वकर्माको अनुसार, गुरुङले प्रदान गरेको सहयोगले जाडो मौसममा बालबालिकाहरूलाई सहज रूपमा विद्यालय आवत–जावत गर्न मद्दत गर्नेछ। साथै स्टेशनरी तथा अन्य शैक्षिक सामग्रीहरूले विद्यार्थीहरूको सिकाइ प्रभावकारितामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ। विद्यालय परिवारले गुरुङप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उनको निरन्तर सामाजिक उत्तरदायित्वको प्रशंसा गरेको छ।

यसअघि पनि गुरुङले विद्यालय विकासका लागि ल्यापटप, प्रिन्टर तथा ट्याबलेट प्रदान गरिसकेका छन्। शिक्षाको पहुँच र गुणस्तर सुधार गर्न उनले गरेको योगदान विद्यालय समुदायका लागि महत्वपूर्ण मानिएको छ।

पल गुरुङ झन्डै १२ वर्षअघि अष्ट्रेलिया बसेर नेपाल फर्किएका हुन्। अष्ट्रेलियामा करीब ६–७ वर्ष बस्दै उनले विभिन्न सीप र अनुभव हासिल गरे, जसलाई नेपाल फर्किएपछि पर्यटन क्षेत्रमा उतार्दै हाल एक सफल पर्यटन व्यवसायीका रूपमा स्थापित भएका छन्। आफ्नो आयको केही हिस्सा सामाजिक सेवामा खर्च गर्दै उनी उत्तरी धादिङको रुवीभ्याली लगायत दुर्गम क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन्।

विद्यालयले गुरुङको उदार मन, निरन्तर सहयोग र व्यक्त गरेको सामाजिक प्रतिबद्धताप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनहरूमा अझ बढ्दो सफलता र शुभकामना प्रकट गरेको छ।