अन्तर्राष्ट्रिय खबर । भारतको बिहार राज्यमा बिहीबार बिहानदेखि विधानसभा निर्वाचनको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ। यस चरणमा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा मतदाताले आफ्नो प्रतिनिधि चयन गरिरहेका छन्।
निर्वाचन आयोगका अनुसार सुरक्षाका लागि व्यापक तयारी गरिएको छ। मतदानस्थलमा केन्द्रीय सुरक्षा बलका जवान परिचालन गरिएको छ भने स्थानीय प्रशासनलाई सतर्क रहन निर्देशन दिइएको छ।
पहिलो चरणमा झारखण्डसँग सीमा जोडिएका केही जिल्लामा सुरक्षा चुनौती रहेको कारण विशेष ध्यान दिइएको बताइएको छ। निर्वाचन आयोगले मतदातालाई स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न आग्रह गरेको छ।
मतदान बेलुकी पाँच बजेसम्म चल्नेछ भने नतिजा आगामी चरणहरूको मतदान सम्पन्न भएपछि सार्वजनिक गरिनेछ। बिहारमा यस पटक तीन चरणमा चुनाव हुँदैछ।




























