धादिङ । संयुक्त नागरिक पार्टीको धादिङ जिल्लास्तरीय प्रथम भेला सम्पन्न भएको छ । भेलाले चेरुङ तामाङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ।
नवगठित कार्यसमितिको नामावली:
अध्यक्ष: चेरुङ तामाङ
उपाध्यक्ष: राजन थापा मगर
उपाध्यक्ष: देबेन्द्र गैरे (दलित)
उपाध्यक्ष : प्रकाश तामाङ
सचिव: मुकेश तामाङ
सह सचिव : बिजय तामाङ
कोषाध्यक्ष : (पछि चयन गरिने(
सहकोषाध्यक्ष : (पछि चयन गरिने)
सदस्यहरुमा
प्रेम कुमारी घले (महिला)
सरिता तामाङ (महिला)
सामुयल तामाङ
प्रकाश तामाङ
लिला बहादुर गुरुङ लगायतको कार्यसमिति चयन गरिएको छ ।
भेलामा सहभागी वक्ताहरूले उत्पीडित र उपेक्षित वर्ग र समुदायको मुक्तिका लागि आफ्नै नेतृत्वमा अघि बढ्नुपर्ने विचार व्यक्त गरे। उनीहरूले भने, “जबसम्म अरुबाट आस गरेर पछाडि लागिन्छ, तबसम्म पछि नै पर्ने हो। आफ्नो वर्ग समुदायको मुक्तिका लागि आफ्नै नेतृत्व आवश्यक छ। कसैको आश नगरौं, आफैंमा भरोसा गरौं।”






