धादिङ । “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति धादिङले आफ्नो १७औं साधारण सभा तथा ८औं जिल्ला अधिवेशन यहि २०८२ कार्तिक २२ गते शनिबार बेनिघाट रोराङ–७, चरौदी विद्यालय प्राङ्गणमा आयोजना गर्न लागेको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगर रहनेछिन्। सो अवसरमा अन्तर्राष्ट्रियदेखि राष्ट्रिय स्तरसम्मका ख्यातिप्राप्त कलाकारहरूले बेजोड सांगीतिक प्रस्तुति दिने तयारी भएको आयोजकले जनाएको छ।
धादिङ जिल्ला सदस्य सन्दीप स्याम्चेन तामाङका अनुसार उक्त कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय स्तरका स्रष्टा, कलाकार तथा संस्कृतिप्रेमीहरूको सहभागिता रहनेछ।
कार्यक्रममा स्रोता–दर्शकहरूको गरिमामय उपस्थिति भई कार्यक्रमलाई सफल पारिदिन आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।




























