काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको समयमा देशभर मौसम सामान्य रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावका कारण केही पहाडी क्षेत्रहरूमा आंशिक बदली र फाटफुट वर्षाको सम्भावना छ।
लक्ष्मीपूजा (कात्तिक ३): अधिकांश भूभागमा मौसम सफा रहनेछ, तर केही पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिन सक्छ।
कात्तिक ४: पहाडी भूभागमा आंशिक बदली, बाँकी स्थानमा प्रायः सफा मौसम।
गाईपूजा (कात्तिक ५): उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना।
भाइटीका (कात्तिक ६): देशका अधिकांश भागमा सफा मौसम, केही पहाडी क्षेत्रहरूमा हल्का वर्षा।
महाशाखाले सबैलाई तिहारको रमाइलो पर्व मनाउँदा मौसम अनुसार तयारी गर्न सुझाव दिएको छ।




























