धादिङ । जेन्जी रेड फोर्सको धादिङ जिल्ला संयोजकमा सन्दिप स्याम्चेन तामाङ नियुक्त भएका छन्।
नेकपा माओवादी केन्द्र खनियाबास गाउँपालिका–४ का निवर्तमान पार्टी उपाध्यक्ष समेत रहेका तामाङ प्रेस सेन्टर नेपाल धादिङका उपाध्यक्ष र जनकलाकारसमेत हुन्।
जिल्ला संयोजकको जिम्मेवारी उनलाई संगठनकी केन्द्रीय अध्यक्ष स्मृति तिमल्सिनाले प्रदान गरेकी हुन्। तामाङले जिम्मेवारी ग्रहण गर्दै संगठनलाई सुदृढ बनाउन सबै युवालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
उनका अनुसार रेड फोर्सले राजनीतिक सचेतना, युवा सशक्तिकरण र सामाजिक परिवर्तनका अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने योजना बनाएको छ।






