खनियाबास–२ झार्लाङको परम्परागत खेल छेलोमा सुके गुरुङ दोश्रो पटक विजेता

धादिङ । खनियाबास–२ झार्लाङमा प्रत्येक वर्ष झैँ यसपालि पनि परम्परागत खेलकुद कार्यक्रम अन्तर्गत छेलो प्रतियोगिता र गोरु जुधाई सम्पन्न भएको छ ।

छेलो प्रतियोगितामा सुके गुरुङले जित हात पारेका छन् । उनले यसअघि पनि उपाधि जितेका थिए र यसपालि दोश्रो पटक विजेता बन्न सफल भएका हुन् ।

यस्तै, झार्लाङमा आयोजित गोरु जुधाईमा २ हल गोरु भिडाइिएको थियो । प्रतियोगितामा गर्चोका पूर्ण बहादुर तामाङ (कान्छा)को गोरु प्रथम भएको आयोजकले जानकारी दिएका छन् ।

स्थानीय समुदायले यस्ता परम्परागत खेलकुद कार्यक्रमलाई संस्कृतिको जगेर्नासँगै सामुदायिक मेलमिलापको माध्यमका रूपमा लिइरहेको बताइन्छ ।