काठमाडौँ । हाल देशभर मनसुन सक्रिय भई अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको छ। यसका कारण आज देशका धेरै भागमा वर्षा हुने मौसमविद्हरूले जनाएका छन्।
जल तथा मौसम विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेश प्रदेशसहित तराई र पहाडी भू-भागका केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहने विभागले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र अन्य केही भागमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्हरूले सम्भावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।




























