रूबीभ्यालीका जनप्रतिनिधिहरु विभिन्न मागहरु सहित मुख्य मन्त्री सहित अन्य मन्त्रीहरु सग भेट

धादिङ । रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ नेतृत्वको टोलिले बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँसँग विशेष भेटघाट गरेको छ । भेटमा गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोले समेत सहभागी थिए ।
भेटपछि गाउँपालिकाका अध्यक्ष तामाङले भने, “रूबीभ्याली जस्तो एचडिआईमा पछि परेको र भौगोलिक रूपमा कठिन क्षेत्रको विकासका लागि प्रदेश सरकारसँगको सहकार्य अत्यावश्यक छ । यस भेटघाटले आगामी दिनमा ठोस उपलब्धि ल्याउने विश्वास लिएको छु ।”
मुख्यमन्त्री बानियाँले पनि गाउँपालिकाको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्दै विकासका परियोजना अघि बढाउँछ । रूबीभ्यालीको मागलाई प्राथमिकतामा राखिने बताए ।”
त्यसैगरी, अध्यक्ष तामाङ नेतृत्वको टोलिले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटासँग छुट्टाछुट्टै भेट गरी बजेट, योजना र पूर्वाधार विकासबारे छलफल गरेको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले भने, “गाउँपालिकाले अघि सारेका प्राथमिकतालाई योजनामा समावेश गर्ने दिशामा प्रदेश सरकार गम्भीर छ ।”
भौतिक पूर्वाधार विकास मन्त्री डा. देवकोटाले भने, “पूर्वाधार निर्माणका कामलाई छिट्टै अघि बढाउन समन्वय गरिने बताए ।”