धादिङ । चीनको चेङ्दुमा अगस्ट २१ देखि २५, २०२५ सम्म आयोजना भएको तेक्वान्दो ग्रान्ड स्ल्याम युवा लिग विश्व प्रतियोगितामा धादिङ रूबीभ्याली गाउँपालिका ३ निवासी खेलाडी बिबस तामाङले स्वर्ण पदक जितेका छन् ।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक हासिल गर्दै उनले जिल्लाको मात्र नभई सम्पूर्ण नेपालको गौरव बढाएका छन् ।
स्वर्ण पदक विजेता बिबस तामाङलाई हार्दिक बधाई तथा उज्वल खेलजीवनको शुभकामना ।




























