धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले सम्हाल्नु भएको छ । उहाँलाई नयाँ जिम्मेवारी प्राप्त भएको अवसरमा विभिन्न निकाय, व्यक्तित्व तथा स्थानीयबासीले बधाई ज्ञापन गरेका छन् ।
नव नियुक्त एसपी रिजालले आफ्नो कार्यकालमा शान्ति सुरक्षा, कानून कार्यान्वयन तथा जनताको विश्वास जित्ने कार्यलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले भन्नुभयो,”धादिङमा अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र जनताको सुरक्षा सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्नेछु । जनताको भरोसा नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।”
स्थानीयबासीले उहाँको कार्यकाल प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गरेका छन् ।






