रुवीभ्यालीका शक्ति र युनिक भारतमा हुने १९ औं राष्ट्रिय कराते प्रतियोगिताको लागि प्रस्थान

धादिङ । रुवी भ्याली गाउँपालिका वडा नं. ४ बोराङ घर भै हाल नीलकण्ठ डोजो धादिङका वरिष्ठ प्रशिक्षक शक्ति तामाङ र खेलाडी युनिक तामाङ भारतमा हुने १९औं राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन आज प्रस्थान गरेका छन्।

जुलाई २६ र २७ तारिखमा भारतको धर्मसभा, कपुरथलामा आयोजना हुने प्रतियोगितामा सहभागी हुने अवसर पाएका उनीहरूले नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने छन्।

प्रतियोगितामा सहभागिताका लागि अवसर उपलब्ध गराउने तथा समन्वय र सहकार्य गर्ने संस्थाहरू तल उल्लेख गरिएको छ

१. आई डब्लू एफ कराते डो संघ, त्रिपुरेश्वर, काठमाडौं
२. रुवी भ्याली गाउँपालिका, सेर्तुङ, धादिङ
३. एडभान्स एकेडेमी स्कुल, धादिङ
४. नीलकण्ठ नगरपालिका, धादिङ
५. नीलकण्ठ डोजो, धादिङ

शक्ति तामाङ र युनिक तामाङको सफल यात्रा, बसाइ तथा प्रतियोगितामा उल्लेखनीय प्रदर्शनको लागि शुभकामना व्यक्त गरिएको छ। उनीहरूको सहभागिता नेपाली कराते खेलको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नमा महत्वपूर्ण हुने विश्वास गरिएको छ।