धादिङ । रुबी भ्याली गाउँपालिका–४, बोराङ गाउँका होनहार भलिबल खेलाडी नरमान तामाङ विगत तीन महिनादेखि गम्भीर मिर्गौला रोगबाट पीडित भई काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत छन्।
खेलकुदको माध्यमबाट समाजमा सकारात्मक योगदान दिँदै आएका तामाङलाई दुबै मिर्गौलामा समस्या देखिएपछि स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ। चिकित्सकको सल्लाहअनुसार उनलाई छिटो मिर्गौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) आवश्यक परेको छ।
तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन अत्यन्त कठिन भइरहेको छ। उपचारको खर्च धान्न नसक्ने स्थितिमा पुगेपछि परिवारजन तथा आफन्तमार्फत सार्वजनिक सहयोगको अपिल गरिएको छ।
“हामीले सक्दो प्रयास गरिरहेका छौं, तर खर्च धेरै ठूलो भएकाले सबैको साथ आवश्यक छ,” नरमानको परिवारले जानकारी गराएको छ।
सहयोग गर्न चाहने महानुभावहरूले तल को qr तथा खाता नम्बर मार्फत सहयोग गर्न सक्नु हुन्छ भने मोबाइल नम्बर ९८६०१२१७३६ मा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन्।

स्थानीय खेलकुद क्षेत्रका अभियन्ता, समाजसेवी तथा युवा समूहहरूले पनि यथासक्य साथ र सहयोग गर्न सबैमा आग्रह गरेका छन्।






