आज गुरु पूर्णिमा

काठमाडौ । आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गुरुजनप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा पर्व मनाइँदैछ। वेदव्यासको स्मृतिमा व्यास जयन्ती समेत मनाइँदैछ। शास्त्र अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुने भएकाले ज्ञान दिने व्यक्तिलाई गुरु भनिन्छ। वेदव्यासले वेदलाई चार भागमा विभाजन गरी १८ पुराण र महाभारत रचना गरेका थिए।

परोपकार पुण्य, परपीडन पाप भन्ने सन्देश बोकेको आजको दिनमा देशभर पूजाआजा र विशेष कार्यक्रम हुँदैछन्।