अन्तर्राष्ट्रिय खबर । भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्दै गएको छ। पछिल्लो जानकारी अनुसार देशभर हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ।
सक्रिय केसमध्ये सबैभन्दा बढी केरलामा ४३० जना संक्रमित भेटिएका छन्। त्यसपछि महाराष्ट्रमा २०८, दिल्लीमा १०४, गुजरातमा ८३, कर्नाटकमा ८० र बेंगलुरुमा ७३ जना संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेहरूमा महाराष्ट्रमा ५, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी ६ जनाको ज्यान गएको छ। यीमध्ये ९ जनाको मृत्यु एक साताभित्र भएको बताइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो सातामा ७८७ नयाँ संक्रमित थपिएका छन्। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशक डा. राजीव बहलले हालसम्म भारतमा कोरोना भाइरसका ४ फरक भेरियन्ट भेटिएको जानकारी दिएका छन्।
जयपुरमा सोमबार दुई जनाको मृत्यु भएको छ। एक जना रेलवे स्टेशनमा मृत फेला परेका थिए भने अर्का २६ वर्षीय युवक, जो क्षयरोगबाट पनि पीडित थिए, उनको मृत्यु निजी अस्पतालमा भएको बताइएको छ।






