रुबीभ्यालीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (BOP) उद्घाटन गर्न आज गृहमन्त्री आउदै

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (BOP) को उद्घाटन आज हुँदैछ। उद्घाटन कार्यक्रममा गृहमन्त्री माननीय रमेश लेखक तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रम रहेको छ।

सीमावर्ती सुरक्षा मजबुत पार्न र स्थानीय सुरक्षालाई सुदृढ बनाउन स्थापना गरिएको उक्त BOP ले सीमानाका गतिविधि अनुगमनका साथै विपद् व्यवस्थापन र अन्य सुरक्षासम्बन्धी काम गर्नेछ।

कार्यक्रममा संघीय सांसद, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको उपस्थिति रहने छ।