काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले जानकारी अनुसार बुधबार दिउँसो १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँले मूल्य घटाइएको छ। साथै, आन्तरिक हवाई उडानमा प्रयोग हुने इन्धनको मूल्य समेत १ रुपैयाँले घटाइएको छ। निगमले मूल्य समायोजनको जानकारी औपचारिक विज्ञप्तिमार्फत दिएको छ।