शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । लामो समयदेखि जारी शिक्षक आन्दोलनको समाधान ननिक्लिएपछि शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उनले सोमबार औपचारिक रूपमा आफ्नो राजीनामा बुझाएकी हुन्।

शिक्षकहरूको निरन्तर विरोध प्रदर्शनबीच उनले पद छाड्ने निर्णय गरेकी हुन्। आन्दोलनले चर्को रूप लिँदै गएको बेला मन्त्री भट्टराईको राजीनाले शिक्षाको क्षेत्रमा थप हलचल ल्याएको छ।

सरकारले आजै मन्त्रिपरिषद्को बैठक आह्वान गरेको छ, जहाँ उनको राजीनामा स्वीकृत गरिने सम्भावना रहेको छ।