रुबी भ्याली गाउँपालिकाद्वारा ‘पूर्ण खोप सुनिश्चित’ प्रमाणीकरण कार्यक्रम सम्पन्न

सेर्तुङ, धादिङ । रुबी भ्याली गाउँपालिकाले १५ महिनासम्मका बालबालिकालाई लक्षित सम्पूर्ण नियमित खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै ‘पूर्ण खोप सुनिश्चित पालिका’को प्रमाणीकरण पाएको छ।

स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा धादिङ जिल्लाका १३ वटै स्थानीय तहहरूमध्ये रुबी भ्यालीले पहिलोपटक निर्धारित लक्ष्य अनुसार सबै बालबालिकालाई पूर्ण खोप लगाएर अग्रणी भूमिका निभाएको हो।

प्रमाणीकरण तथा प्रतिबद्धता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, स्वास्थ्य शाखाका प्रमुखहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, कर्मचारीहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।