काठमाडौं। व्यवसायी रघुनाथ पुरीलाई बहराइनमा आयोजित एक व्यवसायिक कार्यक्रममा ‘बेस्ट रिक्रुटमेन्ट पार्टनरशीप अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ। ईराम होल्डिङ्सद्वारा आयोजित उक्त कार्यक्रममा पुरीलाई वैदेशिक रोजगार क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप अवार्ड प्रदान गरिएको हो।
पुरीको कम्पनी ‘द रिभर ओभरसिज’ले एक दशकभन्दा बढी समयदेखि नेपालबाट मध्यपूर्व एशियामा कामदार पठाउँदै आएको छ। यो कम्पनी हरेक वर्ष सबैभन्दा धेरै कामदार पठाउने एजेन्सीमध्ये एक हो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले पुरीलाई सम्मानित भएकोमा बधाई दिएका छन्।






