आज कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौ । देशमा पश्चिमी वायु र स्थानिय वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

दिउँसो र राति पनि यी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।