धादिङ अस्पताल द्वारा अर्धबार्षिक समिक्षा तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन छलफल

धादिङ । धादिङ अस्पतालले हालै अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ, जसमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। अस्पतालले इमर्जेन्सी, ओपिडी, आइपिडी, आइसियु, फिजियोथेरापी, डेन्टल, डायलाइसिस, ल्याब, एक्सरे, यूएसजी, र इसिजी लगायतका सेवाहरू मार्फत ६ महिनामा ५०,९६९ जनालाई सेवा प्रदान गरिएको बिक्रम कुकले जानकारी दिनु भयो ।

कार्यक्रममा सहभागीहरूले सेवाको गुणस्तर सुधार, सेवाग्राही सन्तुष्टि वृद्धि, र सेवा चुस्तता बढाउने कुरामा जोड दिएका छन्। साथै, डिजिटल रेकर्डिङ र रिपोर्टिङलाई प्रोत्साहन गर्न प्रयोगशाला, इमर्जेन्सी, र अन्तरंग शाखालाई सम्मानित गरिएको छ।

यसअघि, धादिङ अस्पतालले न्यूनतम सेवा मापदण्डमा ८२ अंक प्राप्त गरेको थियो।