अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रुवीभ्यालीका खेलाडीले १० स्वर्ण सहित १९ पदक जित्न सफल

धादिङ । भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै रुवी भ्याली गाउँपालिकाका कराँते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन सहित गोल्ड मेडल ल्याउन सफल भएका छन् ।
रुवी भ्याली गाउँपालिकाको दोङदेन मा.वि, च्याम्रादेवी मा.वि र लापा माध्यमिक विद्यालयबाट जम्मा १२ खेलाडी र ३ प्रशिक्षक सहितको १५ जनाको टोली भारत पुगेको थियो ।

खेलाडीहरुले प्राप्त गरेको पदकको विवरण : प्रनिल घले ३० केजी तौल (१ स्वर्ण १ रजत पदक ), विवेक तामाङ (२ स्वर्ण पदक ), जोसिला तामाङ ४० केजी (१ स्वर्ण र १ रजत पदक), कृस माया तामाङ ४० केजी (२ स्वर्ण पदक), डिलरुपा तामाङ ५० केजी (१ स्वर्ण र कांस्य पदक ), म्यारि तामाङ काटा डेमो तर्फ (१ स्वर्ण पदक ), अनुस्का तामाङ ३० केजी ( १ रजत पदक तथा काटा डेमो तर्फ १ स्वर्ण पदक ), प्रकृति तामाङ ३५ केजी (स्वर्ण पदक र १ रजत पदक ), प्रशान्त तामाङ (१ कास्य पदक र १ कांस्य पदक) विशाल तामाङले ५० केजी तर्फ २ कांस्य पदक प्राप्त गरेका छन् ।

अन्तर्राष्ट्रियस्तरमा आएर खेलाडीहरुले खेलेको कराँते प्रतियोगिताले देशको सान बढाउनुका साथै खेलाडीहरुको हौसला बढनु र नयाँ अनुभव लिन ठुलो महत्व भुमिका खेलेको प्रशिक्षक ओमो तामाङले बताए ।