धादिङ । नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नं.२ मार्पाक, पुख्रिमा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।
उक्त कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न देश बिदेश बाट आर्थिक रकम सहयोग गर्नेको संख्या समेत वृद्धि भएको छ ।
सहयोगीहरुको नामावली:
सोम राइ तामाङ हाल अमेरिक -१००००/
काजिरा अधिकारी – ५०००/
पदम लोप्चन -१००००/
सागर लोप्चन-५०००/
बिर ब तामाङ -२६००/
सुनिता तामाङ -५०००/
राज बिर गुरुङ -५०००/
कुशल मम्बा-५०००/
सिद्धथा घले-५०००/
राजु तामाङ -५०२०/
मदन तामाङ -५०००/
राम,लक्ष्यमान अ क्ष -५०००/
रमेश घिसिङ -२२२०/
चतुर गोले-५०००/
अनिल अधिकारी -५५५५/
समृत घले चोदेन-७१४०/
टेकबहादुर -२०००/
सुजिता गुरुङ २००००/
बुद्द तामाङ-५१००/
भिम माया तामाङ -५०२०/
अमर गुरुङ लामीडाड- ५०००/
चतुर वाइबा-७८७५/
बिर मान तामाङ(नुवाकोट बुङ्ताङ) -५०००
सुकेल प्रगतिशिल युवा क्लबको आयोजनामा यहि माघ १ गते मञ्जुश्री संवत् २८६१ औं डुल ल्हो सोनाम ल्होछार तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको हो । संविधान सभा सदस्य विर बहादुर तामाङ (चम्पासिंह) को प्रमुख आतिथ्यता, नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष मेघनाथ रिजाल र उपाध्यक्ष सिता चोदेनको विशेष अतिथ्यतामा संचालन हुने कार्यक्रममा चर्चित बाल गायक राजेश परियार, चर्चित म्हेन्दोमाया कलाकार सन्दीप स्याम्चेन, चर्चित लोक गायिका सञ्जु लामा, चर्चित मोडल तथा गायिका रितु वाईबा तामाङ्गको बिशेष प्रस्तुती रहने क्लबका अध्यक्ष आईतराम तामाङले जानकारी दिनुभएको छ ।
साथै उक्त अबसरमा गोरु जुदाई कार्यक्रम पनि हुने र साथमा स्थानिय कलाकारहरुद्वारा म्हेन्दोमाया नृत्य प्रस्तुती रहने आयोजकका तर्फबाट अध्यक्ष तामाङले बताउनुभयाे ।
कार्यक्रममा चर्चित बाल गायक voice of kids session 2 को प्रतिस्पर्धी तथा हालसालै हुँदै गरेको सा रे ग म प ध को अडिसनमा भिड्दै गरेको १२ बर्षे बाल गायक राजेश परियार, चर्चित म्हेन्दोमाया कलाकार सन्दीप स्याम्चेन, चर्चित लोक गायिका सञ्जु लामा,मोडल तथा गायक रितु वाईबाको बिशेष प्रस्तुती रहने छ ।
साेनाम ल्होछार सफल पार्नकाे लागि बिभिन्न समाजसेबीहरुले बिभिन्न ठाउँबाट सहयोग गर्ने क्रम जारी रहेकाे र सहयाेग गर्ने सम्पूर्णमा आयोजक समितिकाे तर्फबाट हार्दिक आभार प्रकट गरिएको समेत तामाङ्गले बताउनुभयाे ।






