धादिङ । खनियाबास गाउँपालिकाको प्रत्येक वडामा आगामी कार्तिक २६ गते देखि ३० गते सम्म गाउँपालिकाको आयोजनामा शेचेन करुणा संस्थाको आर्थिक तथा प्राबिधिक सहायोगमा निशुल्क आखा जाँच शिबिर हुने भएको छ । शिबिर प्रत्येक वडामा 1 दिनको हुनेछ ।
शिबिरमा उपलब्ध हुने सेवाहरु :
१. आखा सम्बन्धी सम्पुर्ण समस्याहरुको जाँच गरिने,
२. आवश्यक औषधिहरु निशुल्क उपलब्ध हुनेछ,
३. आखाको पावर अनुसारको चस्माहरु निशुल्क उपल्ब्ध हुनेछ,
४. आखा सम्बन्धी जटिल समस्याहरु जस्तै, मोतीबिन्दु, जलबिन्दु र आखामा मासु पलाएर अपरेसन गर्नु पर्ने भएमा यही मंसिर महिना भित्र धादिङ जिल्लाको सदरमुकाम स्थित धादिङ आँखा अस्पतालबाट अयोजित आँखा शिबिरमा तिलगंगा आँखा अस्पतालको आँखा सम्बन्धी विशेषज्ञ डाक्टरहरु द्वारा अपरेसन अथवा शल्यक्रिया गर्न जाने र आउने गाडिको ब्यवस्था एबम गाडी भाडा उपल्ब्ध गराइनेछ,
कुन वडाहरुमा कहिले संचालन हुँदै छ शिविर ?
१. खनियाबास गाउँपालिका वडा न. १ मा कार्तिक २६ गते
२. खनियाबास गाउँपालिका वडा न. २ मा कार्तिक २७ गते
३. खनियाबास गाउँपालिका वडा न. ३ मा कार्तिक २८ गते
४. खनियाबास गाउँपालिका वडा न. ४ मा कार्तिक २९ गते
५. खनियाबास गाउँपालिका वडा न. ५ मा कार्तिक ३० गते
यसर्थ मौकाको फाइदा उठाउनु हुन सम्पूर्ण खनियाबास गाउँपालिका बासिन्दालाई अनुरोध गरिन्छ ।