खनियाबास २ मा भोलि हुने बृहत सांस्कृतिक कार्यक्रममा गायक सागर एस वाइबा आउने

धादिङ । नेकपा माओवादी केन्द्र खनियाबास गाउँपालिका कमिटिद्धारा मंगलबार वडा न. २ स्थित झार्लाङको कोखिम खेल मैदानमा शुभकामना, आदान-प्रदान ,चियापान तथा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

दसै, तिहार , नेपाल सम्वत, छट ,ख्रीस्टमस तथा ल्होछारको उपलक्ष्यमा नेकपा माओवादी केन्द्र खनियाबास गाउँपालिका कमिटि द्धारा आयोजना गर्न लागिएको हो ।

बृहत सास्कृतिक कार्यक्रममा रास्ट्रीय तथा अन्तरास्ट्रिय ख्याति प्राप्त कलाकार सागर एस.वाईबा सहित अन्य थुप्रै कलाकारहरुको बेजोड प्रस्तुती हुने नेकपा माओवादी खनियाबास पार्टी इन्चार्ज मङ्ग तामाङले जानकारी दिनु भयो ।