धादिङवेशी आउँदै गरेको ट्रक दुर्घटना, २३ जना घाइते, ४ जनाको हेलिबाट उद्दार

धादिङको ज्वालामुखि गाउँपालिका ५ खरिबाट धादिङवेशी तर्फ आउँदै गरेको आइचर ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
सामान्य घाइतेलाई जिल्ला अस्पताल धादिङमा उपचार गरिएको छ भने गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं पठाईएको छ ।
धादिङवेशी–टारीबेशी सडक खण्ड अन्तर्गत निलकण्ठ ८ मुरलीभञ्ज्याङको बगैँचामा उक्त ट्रक दुर्घटना परेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बा ३ ख ५६२३ नम्बरको आइचर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार आइचरमा २५ जना सवार थिए । २५ जना मध्ये २३ जना घाइते छन् ।
घाइते मध्ये ४ जनालाई हेलिकोप्टर मार्फत काठमाडौंको शिक्षण अस्पताल पठाइएको छ ।
३ जनालाई एम्बुलेन्समा काठमाडौं पठाइएको छ । बाँकी रहेका १६ जनालाई जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here