धादिङबेशी देखि ससाह जाने बाटो नजिक, तीन तले भिरमा अबस्थित Holiday Bamboo Cottage मा बनेको फोटो खिच्ने ठाउँ, पछिल्लो समय अत्यन्तै प्रसिद्ध र धादिङबेशी बासिन्दाको लागि एक मनोरञ्जन पुर्ण नयाँ गन्तव्य बन्नपुगेको छ ।
सुन्दर थोपल खोला सगै चौतर्फी मनोरम दृश्य अबलोकन गर्न सकिने , अधिकाङ्स संम्रचना बाँस बाट निर्माण भएको स्व्च्छ, प्राकृतिक मनमोहक बाताबरणमा अबस्थित उक्त कटेजमा सबै खाले खाजाको परिकार पाइने, कटेजका संचालक बिश्वास घलेले होराईजन खबरलाई बताए ।
कटेज सगै विभिन्न प्रजातीका माछापालन समेत गरिरहेको उनले बताए ।
रचनात्मक सोच, आत्मबिस्वास र मिहिनेत साथ ब्यबसाय गर्ने हो भने हामी हाम्रै भुमिमा सानो लगानी मै मनग्ये आम्दानी र पहिचान कमाउन सकिने यश Holiday Bamboo cottage बाट पुष्ठि हुन्छ ।