रामजी प्रसाद आचार्यको तिन भूगोल विशेष ‘मुक्तक’हरु

कला/साहित्य । मुक्तक मञ्च केन्द्रिय समितिको अध्यक्ष एबं साहित्यकार रामजी प्रसाद आचार्यका भूगोल विशेष तीन मुक्तकहरु

१.
भुटुङ्ग्रे देखि बतासे आहा ! सबै रमाएको छ
कालीगण्डकीले खड्गकोटलाई सजाएको छ
घुमाउने,कोर्याङ्ग बेँसी हुँदै देउराली पुग्दा नपुग्दै
लौन! हजुर चुचुल्के डाँडामा मन हराएको छ ।

२.
न्याय खोज्नेलाई सधैँ जिताउँन पाऊँ
दीन दुखीको भलोमात्रै चिताउँन पाऊँ
देउरालीको चुचुल्के डाँडामा बस्दा लाग्छ
यही माटोमा यो जीवन बिताउन पाऊँ

३.
घुमाउने हुँदै देउराली आउनुको मज्जा बेग्लै हुने
ढुङ्गेधाराको पानीसँग रमाउनुको मज्जा बेग्लै हुने
भुटुङ्ग्रे, तोलाकोट, ज्ञवालीखर्कको दृश्यमा डुब्दै
चुचुल्के डाँडामा हराउनुको मज्जा बेग्लै हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here