ब्रिचेत मा.वि.का २८० जना विद्यार्थीहरुलाई झोला, टिसर्ट र स्टेसनरी सामाग्री बितरण

धादिङ । रिबिल्ड नेपाल एजुकेशन प्रोजेक्ट र श्री ब्रिचेत मा.वि.का  पूर्व विद्यार्थीहरुको सहकार्यमा र बाबुराम फ्युबाको पहलमा आज बिर्चेत माध्यमिक बिद्यालयमा २८० जना विद्यार्थीहरुलाई किताब बोक्ने झोला,  कलम विद्यार्थीहरुको लागि टिसर्ट लगायतका सामाग्रीहरु बितरण गरिएको छ ।

विद्यालयको ब्यबस्थापन समिती अध्यक्ष पहलमान सिङ तामाङ (सन्तोश तामाङ ) को अध्यक्षतामा बि.ब्य. स. परिवार लगायत विद्यालयका सम्पुर्ण शिक्षक शिक्षिका विद्यार्थीहरु लगायत अभिभावक हरुको उपस्थितीमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

विद्यार्थीहरुलाइ प्रोत्साहन स्वरुप एबं विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा अगाडी बढ्न सहज होस भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा छिट्टै विद्यार्थी हरुको लागि विद्यालय पोसाक ट्रयाक सेट पनि ब्यबस्था समेत गरिने होराईजन खबर सह सम्पादक सबिना तामाङले जानकारी दिनु भयो  ।