धादिङ । उत्तरी धादिङको रुबीभ्याली ५ लापामा दलहन बाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत रुबीभ्यालीमा सिमीको बीउ तथा थुन्से लगायतको औजार बितरण कार्यक्रम सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र धादिङको आर्थिक सहयोगमा लापा कृषि तथा पशु पन्क्षी पालक कृषक समुह द्वारा रुबीभ्याली ५ को ब्रङ्स टोलका ७९ जनालाई बितरण गरिएको समुहको अध्यक्ष म्लङ्गे तामाङले बताउनु भयो ।