अचानक युक्रेनको राजधानी किभ पुगे अमेरिकी राष्ट्रपति बाइडेन

अन्तरास्ट्रिय खबर । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी कीभ पुगेका छन् । एक वर्षअघि रुसले आक्रमण गरेपछि उनको यो पहिलो युक्रेन भ्रमण हो।
यसअघि बाइडेन पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न गएका थिए । तर त्यहाँबाट उनी अचानक कीभ पुगे ।
युक्रेनको राजधानी किभमा बिहानैदेखि महत्त्वपूर्ण पाहुना आइपुगेको महसुस भएको थियो । युक्रेनकी नेता लिसिया भासिलेन्कोले यी पाहुना बाइडेन रहेको बताएकी छन् ।

Yes, confirmed @POTUS in #Kyiv. Welcome Mr President! Looking forward to the announcements following the air raid sirens experience
— Lesia Vasylenko (@lesiavasylenko) February 20, 2023

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले केही मिनेटअघि आफ्नो आधिकारिक टेलिग्राम खातामा अमेरिकी राष्ट्रपतिसँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गरेका छन् ।
जेलेन्स्कीले लेखे, “जो बाइडेन, कीभमा स्वागत छ। तपाईको भ्रमण सबै युक्रेनीहरूका लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण इशारा हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here