धादिङ । धादिङबेसीमा सञ्चालन हुँदै आएको भैरवी इन्टरप्राइजेज (भैरवी पेट्रोल पम्प) वार्षिक इन्धन बिक्रीका आधारमा नेपालकै अग्रणी पेट्रोल पम्पहरूमध्ये एक बनेको छ।
नेपाल आयल निगमले सार्वजनिक गरेको वार्षिक कारोबार विवरणअनुसार भैरवी इन्टरप्राइजेजले करिब १ अर्ब ७९ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ बिक्री गर्दै देशका उच्च कारोबार गर्ने पेट्रोल पम्पहरूको सूचीमा अग्रस्थान हासिल गरेको हो।
धादिङबेसीमा रहेको उक्त पेट्रोल पम्पले लामो समयदेखि गुणस्तरीय इन्धन, नियमित आपूर्ति, छिटो सेवा तथा ग्राहकमैत्री व्यवस्थापनका कारण स्थानीय उपभोक्तासँगै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने हजारौँ सवारी चालक तथा यात्रुको विश्वास जित्दै आएको छ।
जिल्लाको यातायात, व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउन पनि यस पेट्रोल पम्पले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। नियमित इन्धन उपलब्धता र भरपर्दो सेवाका कारण यसको लोकप्रियता निरन्तर बढिरहेको छ।
नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकमा भैरवी इन्टरप्राइजेजको उच्च स्थानले धादिङको निजी क्षेत्रको व्यावसायिक क्षमता राष्ट्रिय स्तरमा स्थापित भएको संकेत गरेको छ।






