काठमाडौं । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको निक्षेप बजारबाट संकलन गर्ने भएको छ।
यसका लागि दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँदेखि माथि प्रस्ताव राख्न सक्नेछन् भने रकम ५ करोडको गुणकमा हुनुपर्ने व्यवस्था गरिएको छ।
बोलकबोल प्रतिस्पर्धात्मक ब्याजदरमा गरिनेछ र आवश्यक परे बहु–दरमा समेत प्रस्ताव पेश गर्न सकिने व्यवस्था रहेको छ।
यो प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकका अनुसार संकलित निक्षेपको साँवा र ब्याज भुक्तानी आगामी बैशाख २७ गते गरिनेछ।






