मलेखु–मुग्लिन सडक खण्डमा आज देखि राति सवारी साधन बन्द

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मलेखु–मुग्लिन सडक खण्डमा सडक सुधार कार्यका कारण केही दिन रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेकाले चितवनको इच्छाकामना क्षेत्र आसपासका भागमा कामलाई सहज बनाउन चैत १६ देखि १९ गतेसम्म हरेक रात १० बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने जानकारी सम्बन्धित निकायले दिएको छ।
यस अवधिमा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध रहनेछ। दिनभरि सवारी सञ्चालन भने यथावत रहने जनाइएको छ।
निर्माण कार्यलाई सुरक्षित र छिटो सम्पन्न गर्न रातिको समय रोजिएको बताइएको छ। यसबाट यात्रुहरूलाई केही असुविधा हुन सक्ने भएकाले आवश्यक योजना बनाएर मात्र यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।