काठमाडौं । पछिल्लो केही वर्षमा अवैध बाटो हुँदै अमेरिका जाने क्रम बढेसँगै ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किन बाध्य भएका छन्। प्रहरी स्रोतका अनुसार हालसम्म ५७५ नेपालीलाई त्यहाँबाट जबरजस्ती स्वदेश फर्काइएका छन्।
नेपाली युवा छिटो ठूलो आय, उच्च शिक्षा र स्थायी बसोबास (पीआर)को आशामा दलालमार्फत अमेरिका पुग्ने जोखिमपूर्ण यात्रा रोज्ने गरेका छन्। लाखौँ खर्चेर यात्रा थालेका उनीहरू सीमामा नै पक्राउ परेर फर्किनुपर्दा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको अधिकारीहरू बताउँछन्।
अवैध यात्राका लागि धेरैले नेपाल–भारत, दुबई, रसिया, थाइल्याण्ड हुँदै अमेरिका छिर्ने प्रयास गर्ने गरेका छन्। अहिले विशेषगरी दाङ, रूकुम क्षेत्रबाट अमेरिका पुग्ने युवाहरूको संख्या बढेको देखिएको छ।
प्रहरीले अवैध मानव ओसारपसारमा संलग्न दलालहरूको खोजी तथा नियन्त्रण कार्यलाई अझ कडा बनाइने जनाएको छ।






