काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालका दुई मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको छ।
पोखरामा रहेको लिची बगान जग्गा सम्बन्धी अनियमितता र घूस लेनदेनको आरोपमा पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, तत्कालीन भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र नाउँपा अध्यक्ष रञ्जिता श्रेष्ठ मुछिएका छन्।
अख्तियारले दायर गरेको मुद्दामा करिब ७८ लाख रुपैयाँ बिगो देखाइएको छ।
घूसको अडियो सार्वजनिक भएपछि लामो समयदेखि चुप बसेको अख्तियारले अन्ततः अनुसन्धान अघि बढाएको हो।
स्रोतका अनुसार यो जग्गा पुरानो राणाकालीन बिर्ता क्षेत्रसँग सम्बन्धित थियो, जुन पछि रैकरमा नफर्किँदा कानुनी विवाद उत्पन्न भएको हो।
अख्तियारले अहिले बलराम अधिकारीविरुद्ध थप प्रमाण संकलन गर्दै पूरक अनुसन्धान जारी राखेको जनाएको छ।




























