धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटमा पोलमा करेन्ट लाग्दा एक विद्युत कर्मचारीको ज्यान गएको छ। मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ का ४२ वर्षीय भेषराज बोहरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पोलबाट घरमा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बोहरालाई उपचारको लागि धादिङ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।