“बच्छला सन्देश” पुस्तक सार्वजनिक

काठमाडौं । धादिङ जिल्लाको खनियाँवास–५, सत्यदेवीमा रहेको बच्छलादेवी माध्यमिक विद्यालयका भूपू विद्यार्थी समाजले प्रकाशित गरेको “बच्छला सन्देश” नामक पुस्तकको लोकार्पण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।

ग्लोबल क्याफे, सामाखुसीमा आयोजना गरिएको कार्यक्रममा मुख्य अतिथि मेघनाथ रिजालको उपस्थितिमा विद्यालयको वार्षिक गतिविधि तथा ऐतिहासिक प्रकाशन सार्वजनिक गरिएको हो।

कार्यक्रममा विशेष अतिथि पूर्व पर्यटन राज्यमन्त्री पशुराम तामाङ, खनियाँवास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, विद्यालयका शिक्षक, भूपू विद्यार्थीहरू र अन्य अतिथिहरू सहभागी थिए।

यस अवसरमा पुस्तक विमोचनसँगै भूपू विद्यार्थी समाजले आफ्ना सामाजिक तथा शैक्षिक गतिविधि प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालय र स्थानीय समुदायको शैक्षिक, सांस्कृतिक र सामाजिक विकासमा थप योगदान पुर्याउने आशा व्यक्त गरिएको छ।

भूपू विद्यार्थी समाजले साहित्यिक क्षेत्रमा पनि आफूलाई सक्रिय बनाउँदै यस्ता रचनात्मक र ज्ञानवर्धक कार्यक्रमहरू भविष्यमा निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।