प्रदेश स्तरीय राष्ट्रपतिमा धादिङकी सिर्जना श्रेष्ठले स्वर्ण पदक सहित अन्य ३ जनाले पदक जित्न सफल

धादिङ । दोलखाको चरिकोटमा जारी १५ औँ बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा धादिङ जिल्लाका खेलाडीहरूले उल्लेखनीय सफलता हात पारिरहेका छन्। प्रतियोगितामा विभिन्न खेल विधामा भाग लिएका धादिङका खेलाडीहरूले पदक जित्दै जिल्लाको गौरव बढाएका छन्।

एथलेटिक्स अन्तर्गत ज्याभलिन थ्रो (भालाफाल) प्रतिस्पर्धामा धादिङकी सिर्जना श्रेष्ठले स्वर्ण पदक जित्दै पहिलो स्थान हासिल गरेकी छन्। उनको यो सफलता जिल्लाका लागि गर्वको विषय बनेको छ।

त्यस्तै प्रतियोगिताको दोस्रो दिन

एथलेटिक्स ज्याभलिन थ्रोतर्फ धादिङका मानबहादुर दर्लामी मगरले रजत पदक जित्न सफल भए।

एथलेटिक्स ३००० मिटर दौडमा धादिङका सुजन रावलले रजत पदक जिते।

यसैगरी,
रुबी भ्याली गाउँपालिका–३ की प्रकृति तामाङले सितोरियो कराते अन्तर्गत तेस्रो स्थान हासिल गर्दै कास्य पदक जित्न सफल भएकी छिन्।

सफल खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ राम्रो सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

धादिङ जिल्लाका खेलाडीहरूको निरन्तर सफलता र प्रयासले जिल्लाको नाम प्रदेश र राष्ट्रिय स्तरमा झन उजागर हुने विश्वास लिइएको छ।