रुवीभ्यालीकी प्रकृति तामाङले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पदक जित्न सफल

दोलखा । दोलखाको चरिकोटमा सञ्चालन भइरहेको १५ औँ बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङको रुबी भ्याली गाउँपालिका–३ की प्रकृति तामाङले उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक हात पारेकी छिन्।

प्रकृतिले सितोरियो कराते विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गरेकी हुन्। पदक जितेसँगै उनले जिल्लाको खेलकुद प्रतिष्ठामा थप योगदान पुर्‍याएकी छिन्।

यसैबीच, रुबी भ्यालीबाट अन्य खेलाडीहरू पनि प्रतियोगितामा सहभागी भइरहेका छन्। अझै केही खेलतर्फ प्रतिस्पर्धा बाँकी रहेको र थप पदक जित्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

धादिङ जिल्ला खेलकुद विकास समितिले समेत खेलाडीहरूलाई बधाई दिँदै आगामी खेलमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको छ।