धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका द्वारा आयोजित पोते तथा क्रिस्टल माला बनाउने १५ दिने सीपमूलक तालीम सप्पन्न भएको छ।
गाउँपालिकाको आर्थिक सहयोग तथा समृद्धि सेवा केन्द्रको प्राविधिक सहकार्यमा सञ्चालित सो तालीम २०८२ जेठ १ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको थियो। तालीम त्रिपुरासुन्दरी गाउँपालिका, सल्यानटार, धादिङमा सञ्चालन भएको हो ।
तालीमको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री देवराज धरेल प्रमुख अतिथि रहनु भएको थियो भने, महिला बालबालिका शाखा प्रमुख बिना सिटौला, न्यायिक शाखा प्रमुख निर्मला खत्री, प्रशिक्षक लगायतको आतिथ्य रहेको थियो।
समापन समारोहमा प्रमुख अतिथि धरेलले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको यो तालीमले महिलाहरूको आयआर्जनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।