जिउँदै इँटाभट्टामा हालेर हत्या गरिएको आरोप लागेका आलम उच्च अदालतबाट सफाइ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको छ। बम विस्फोट र हत्या अभियोगमा दोषी ठहर भई जिल्ला अदालत रौतहटले सुनाएको जन्मकैद सजायलाई उच्च अदालतले उल्टाइदिएको हो।

न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला बदलेर आलमलाई सफाइ दिएको जानकारी आएको छ।

२०६४ साल चैत २७ गते साँझ रौतहटको एक घरमा बम बनाउने क्रममा भएको विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई इँटाभट्टामा हालेर हत्या गरिएको आरोप आलममाथि लागेको थियो। यस घटनापछि लामो समयसम्म अनुसन्धान र मुद्दा चलाइएको थियो।

अदालतको पछिल्लो फैसलाले यो मुद्दामा नयाँ मोड ल्याएको छ।