धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ स्थित खहरे बजारमा पसल, होटल, कृषि जन्य व्यवसाय तथा मेडिकल पसलहरूको अनुगमन गरिएको छ।
गाउँपालिका उपाध्यक्ष देबराज धरेलको नेतृत्वमा सम्पन्न अनुगमनमा कृषि शाखा प्रमुख केपी भट्टराई, भेतेनरी शाखा प्रमुख जोहार लाल यादव, राजस्व शाखा प्रमुख पार्वती बुर्लाकोटी तथा सुरक्षाकर्मीहरूको टोली सहभागी थियो।
अनुगमनको क्रममा व्यवसायहरूमा खाद्य वस्तु, औषधि, सरसफाइ र मूल्य सम्बन्धी अवस्था जाँच गरिएको थियो। व्यवसायीहरूलाई कानुनी प्रावधान अनुसार व्यवसाय सञ्चालन गर्न सुझाव दिइएको जनाइएको छ।