धादिङ जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

धादिङ । जिल्लामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेष्ठ ३ गतेदेखि सुरु हुने भएको छ। जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता जेष्ठ ३, ४ र ५ गते धादिङबेसीमा आयोजना हुने जानकारी दिएको छ।

यसअघि बैशाख महिनामा सञ्चालन गर्ने भनिएपनि विभिन्न कारणले मिति सारिएको हो। प्रतियोगितामा सहभागी खेलाडीको विवरण बैशाख २८ गतेभित्र पेस गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको छ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिं तामाङका अनुसार अब प्रतियोगिताको मिति परिवर्तन नहुनेछ। उनले जिल्लास्तरको प्रतियोगिता सम्पन्न भएपछि जेष्ठ ८ गतेदेखि दोलखामा हुने प्रदेशस्तरीय छनोटका लागि तयारी गरिने जानकारी दिए। छनोटमा परेका खेलाडीलाई आवश्यक खेलकुद सामाग्रीसमेत वितरण गरिनेछ।