आखुसाखु खहरेमा आयोजित शिव कर्म साधना विशेष कार्यक्रम सम्पन्न

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका-७ स्थित आखुसाघु खहरे, धादिङमा आयोजित शिव कर्म साधना विशेष कार्यक्रम मंगलबारदेखि सुरु भई आज सम्पन्न भएको छ।

बन्डेश्वर खड्गे शिवालय गुठी परिवारको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लघु रुद्री, शिव मन्त्र जप तथा हवन सम्पन्न गरिएको थियो।

आज सम्पन्न उक्त समारोहमा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको समेत सहभागीता रहेको थियो ।